काठमाण्डौ । नयाँ बर्ष २०७५को अवसर पारेर हाम्रो बचत तथा ऋण सहकारी संस्थाले बनभोज कार्यक्रममको आयोजना गरेको छ । सहकारीका शेयर सदस्य , संस्थापक, बचतकर्ता लगायतको उपस्थतिमा यहि बैशाख १५ गते शनिबार चोभारमा बनभोज कार्यक्रमको आयोजना गरिएको सहकारीका अध्यक्ष रित्त बहादुर श्रेष्ठले जानकारी दिए ।
सहकारीका साथीहरुसँग नयाँ बर्षकोे शुभकामनाका साथै सहकारीलाई अगामि बर्षमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारेमा पनि छलफल भएको श्रेष्ठले जानकारी दिए । सहकारीका संस्थापक अध्यक्ष पवन कुमार घिमिरे सहकारीका सल्लाहकार सन्तोष कुमार पौडेल, राम प्रसाद कर्माचाय, सहकारीका उपाध्यक्ष शान्ति अस्थानी , सचिव ज्ञानेन्द्र नाथ श्रेष्ठ, कोषाध्क्ष भगत बहादुर श्रेष्ठ ऋण समितिका संयोजक पुरुषोतम खड्का, सहकारीका निर्वतमान अध्यक्ष सोनामाया तामाङ लगायतको सहभागिता रहेको थियो । मिलाप सहकारीका ऋण प्रबन्धक सुरेन्द्र श्रेष्ठको पनि सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन रामपुकार साहले र फोटोग्राफी भबिष श्रेष्ठ को रहेको थियो भने सोही अवसरमा तिलक बहादुर श्रेष्ठलाई सहकारीको सल्लाहकारमा चयन गरिएको थियो ।
बनभोज कार्यक्रममा बोल्ने अधिकासं बत्ताले यस्तो बनभोज कार्यक्रमले सदस्यहरुबीच आत्मियता बढाउन ठुलो सहयोग गर्ने बताए । उनिहरुले सहकारीले दिन प्रतिदिन आफ्नो लक्ष्य अनुसार अगाडि बढीरहेका बताए । उनिहरुले सहकारीको बिकास र बिस्तारको लागि आआफ्नो ठाउबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
बनभोज कार्यक्रममा नाच गान गुर्नका साथै सांस्कृति प्रस्तुति समेत रहेको थियो । सबैले आफ्ना सबै पिडा भूलेर रमाईलो गरेका थिए । कृष्बिना श्रेष्ठको नृत्यले सबैलाई मन्त्रमुग्ध बनाउको थियो । सोही अवसरमा ११ जना नयाँ सदस्यहरुले पनि सहकारीको सदस्यता लिएका थिए ।
अन्तमा सहकारीका अध्यक्ष रित्तबहादुर श्रेष्ठले सबैको सहयोग र सदभावकाटै आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबैप्रति आभार ब्यक्त गदै आगामी दिनमा पनि सहकारीलाई यस्तै किसीमको सहयोग गर्न आग्रह गरे । उनले सहकारी हरेक सदस्यको दुख र सुखको साथी रहेको उल्ल्ोख गदै सहकारी बलियो भए हामी सबै बलियो हुने बताए । सो सहकारीको केन्द्रीय कार्यलय भने गणेशमान चारनाथ नगरपालिका ६ गोदार धनुषामा रहेको छ ।