काठमाण्डौ । गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति नेपाल परिवार दलले गहिरो दुःख ब्यक्त गरेको छ । नेपाल परिवार दलका महामन्त्री बिनोद डाँगीले आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट ३१ भन्दा बढीको मृत्यु र ४०० भन्दा बढी घाइते भएकोमा दुःख ब्यत गरेको छ ।
दलले प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको निशुल्क उपचार खर्च तथा घरबार गुमेकाको वासस्थानका निर्माण गर्न सरकारसँग माग गरेको छ । दलले प्राकितिक बिपतमा परेर मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । दलले बारा पर्सामा रहेका आफ्ना नेता तथा कार्यक्रतालाई राहत तथा उद्धारमा लाग्न आग्रह गरेको छ ।