हावा हुरी प्रभावितमा नेबिसंघको राहत

प्रकासित मिति: २२ चैत्र २०७५, शुक्रबार ०४:०५

बारा । हावा हुरी प्रभावितक्षेत्र बाराको फेंटा गाउपालिका भलुही रभर्वलीयामा उद्धार कार्यमा काँग्रेसका युवा नेताहरु र भातृ संस्थाहरु दिन रात खटिएका छन । हावा हुरीले १३ जना को ज्यान लिएको उक्त क्षेत्रमा जिल्ला प्रशासनको स्वीकृति लिएर राहत वितरण र घरहरुका भग्नावशेष हटाउन युवा नेता एवम् नेविसंघ पुर्व अध्यक्ष नैनसिंह महर नेतृत्वको टोलीमा वारा काँग्रेसका कोषाध्यक्ष शेखर यादव,रौतहटका पुर्व माननीय जीतेन्द्र यादव , नेविसंघ पुर्व केन्द्रीय सदस्यहरु सन्जय यादव ,फ़िरोज़ आलम,सुधीर पटेल लगायत सात वटै प्रदेशका काँग्रेसी युवाहरुले ८० परिवार लाई चामल , दाल ,तरकीरी ,त्रिपाल,टुथ पेस्ट ( व्रस, पानी, फ्रुटी लगायत स्थानीय सरकार संग मीलेर वितरण गरेको नेविसंघ पुर्व केन्द्रीय सदस्य संञ्जय यादवले एटुजेड खबरलाई जानकारी दिए ।
राहत कार्य न सकिए सम्म प्रभावित क्षेत्रमा हामी लाई सहयोगी हातहरुको खाँचो देखिन्छ । निर्वाचित वार्ड अध्यक्ष मोहम्मद हुसेनका अनुसार “यो विपद बाट वृद्ध ,वाल वालिका र विद्यार्थी बढ़ी प्रभावित छन ।” हावाहुरीले घरका संरचना ध्वस्त वनाउदा जनजीवन अझै त्रासदी पुर्ण अवस्थामै देखिन्छ । विशेष गरि विद्यार्थीको पढाई नराम्ररी प्रभावित भएको छ भने वर्तमान सरकारको अकर्मण्यताले एसइई परीक्षा समेत लामो समय स्थगित हुदा विद्यार्थी आफ्नो भविष्यका प्रति चिन्तित छन । सरकारले भाषण गरे पनि काम गर्न सकेको छैन । छिटो भन्दा छिटो आवासव्यवस्थापन ,पढाईको र एसइई परीक्षा सन्चालनको प्रवन्ध मिलाउनु पर्ने कुरा पुर्व केन्द्रीय सदस्य यादवले जानकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement