हिन्दी ‘चक्र’मा नायक खतिवडा

प्रकासित मिति: १९ मंसिर २०७३, आईतवार १४:४४

काठमाडौं । नेपाली चलचित्र ‘भीमदत्त’, ‘नरसिंहा’, ‘नो स्मोकिङ’ लगायत केही अन्य चलचित्र र म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका नायक संजय खतिवडा अब हिन्दी चलचित्र ‘चक्र’मा देखिने भएका छन् । अग्लो र खाइलाग्दो शरीरले गर्दा छुट्टै आकर्षण दिन सफल नायक खतिवडा ‘सस्पेन्स–थ्रिलर बलिउडको चलचित्र ‘चक्र’मा, चक्र घुमाउने विनाबर्दीको पुलिस अफिसरको भूमिकामा देखिने नायक संजय खतिवडाले बताए ।
अगामी हप्तादेखि छायांकन हुन लागेको चलचित्र ‘चक्र’को केही भाग नेपालको इलाम र पोखरामा पनि छायांकन हुने बताइएको छ । दुई जना निर्देशक रहने यो चलचित्रमा नेपालबाट निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ र बलिउडका निर्देशक राजेश राजले निर्देशन गर्ने भएका छन् । बलिउडका अनुवर राजदासले निर्माण गर्न लागेको यो चलचित्रबाट आफू निक्कै आशावादी रहेको संजयले बताए ।
नेपाली कलाकारहरुले बलिउडमा अभिनय गर्न लागेको यो नै पहिलो भने हैन । मनिषा कोईराला नेपाली चलचित्र ‘फेरि भेटाँैला’मा अभिनय गरेपश्चात् बलिउड प्रवेश गरेर त्यहाँ एका जमानामा तहल्का नै मच्चाउन सफल भएकी थिइन् । त्यसपछि झरना बज्राचार्यले ‘लभ इन नेपाल’मा काम गरेकी थिइन् ।
हिन्दीका चर्चित डेनी पनि नेपाली मुलकै हुन् । नेपाली मूलकै गायक उदित नारायण झाले पनि बलिउडको चलचित्र पाश्र्व गायनमा तहल्कै मच्चाएका छन् । यस हिसाबले हेर्दा अब पालो संजय खतिवडाको बलिउडमा धुम मच्चाउने नै देखिन्छ ।

Bhansar Bivag
Argakhachi Cement