काठमाण्डौ पुस १० । क्रिसमसका अवसर पारेर कफी पारखीहरुको लागि नयाँ बानेश्वर चोकमा हिमालय जाभाको शाखा खुलेको छ । सोमबार बिहान पूर्वमन्त्री एकनाथ ढकालले हिमालय जाभाको आउटलेटको उदघाट्न गरे । नेपाल लगायत बिश्वमा नै राम्रो बा्रन्डको रुपमा परिचय बनाउन सफल भएको छ । फेन्चचाइज लिएर संञ्चालनमा आएको सो जाभामा सन्तकुमार महत्तो र बिनोद ढकालको लगानी रहेको छ ।
गगन प्रधान र आनन्द गुरुङ्घले संञ्चालन गरेको जाभाको बिदेशमा समेत शाखा रहेको छ । जसको अहिले सम्म २९ वटा शाखाहरु रहेका छन् । हरेक प्रकारको कपी र स्टेबरी आईटम उपलब्ध हुने बानेश्वर शाखा बिहान ७ बजेदेखि बेलुका ९.३० सम्म सञ्चालन गरिने जाभाका संञ्चालक सन्तकुमार महत्तोले जानकारी दिए ।
एक करोड बिस लाख रुपैयाँको लागतमा संञ्चालनमा आएको जाभाले नेपालीहरुको मन जित्न सफल रहेको छ । उद्घाटन पश्चात बोल्दै पूर्वमन्त्री ढकालले हिमालय जाभाले नेपालमा मात्र हैन बिश्वमानै नाम कमाउन सफल हुने बिश्वास ब्यक्त गदै आफु जाभाको नियमित ग्राहक रहेको बताए ।
ढकालले हिमालयन जाभालाइ स्वस्थकर, ताजा र स्वादिष्ट गुण भयको नेपाली उत्पादनको एक उत्कृष्ट अन्तराष्ट्रिय मापदण्डको कफीको रुपमा तारिफ गरे। उनले हिमालयन जाभा कफीले अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रबद्धन गरेको आफुले पाएको भन्दै कफीका सस्थापक गगन प्रधान र आनन्द गुरुङको प्रशंसा समेत गरे । ढकालले अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनलाइ प्रतिस्पर्धी बनाउदै लैजानु पर्ने धारणा राख्नु भयो। उनले हिमालय जाभाले अझ प्रगति गदै जाओस भन्ने कामना समेत गरे । सोही अवसरमा बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष सन्तोस कुमार पौडेल जाभाका फाउन्डर गगन प्रधान, समाजसेबी एवम् ब्यबसायी अन्जना शाह, ट्रकिस एयरलायन्सका जनरल मेनेजर अबुदाह टुन्सस कियसही लगायतले ब्यबसाय सफलताको शुभकामना दिएका थिए । १९९९ मा सुरु भयको हिमालयन जाभाले नेपाल बाहेक भुटान, थाईल्याण्ड, क्यानाडा, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा शाखा खोलि ३०० जना भन्दा बढीलाई रोजगारी उपलब्ध गराएको छ ।