१० कोठे बिद्यालय भवन हस्तान्तरण

प्रकासित मिति: १७ आश्विन २०७५, बुधबार १६:०३

राष्ट्रिय माध्यमिक बिद्यालय बिरेन्द्र बजार धनुषाले पायो नयाँ भवन

जनकपुर । असोज १७ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ बिरेन्द्र बजारमा स्थित श्री राष्ट्रिय मा.बि. को १० कोठे पक्कि भवनको हस्तान्तण गरिएको छ ।
बुधबार एक कार्यक्रमका बिच प्रदेश नं २ का सामाजिक बिकास मन्त्री नवल किशोर शाह र बिश्व शान्ति महिला संघ कोरियाकी अध्यक्ष योङ्घ सुन चोईले सयुक्त रुपमा हस्तान्त्रण गरेका हुन् ।
विश्व शान्ति महिला संघ कोरियाको सहयोगमा उक्त भबन एक बर्षमा निर्माण सम्पन्न गरिएको हो । बिद्यालय हस्तान्तरण समारोहमा बोल्दै सामाजिक बिकास मन्त्री मन्त्री नवल किशोर शाहले नेपालको शैक्षिक स्तर उकास्न बिद्धालयहरुको भौतिक पूर्वाधारको विकास गर्नु पर्ने बताए । उनले शैक्षिक क्षेत्रलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउनु पर्नेमा जोड दिदै शिक्षाको बिकास भए मात्र समाज बिकास गर्न सकिने बताए । समारोहमा प्रदेश सांसद किशोरी शाहले सामाजिक कार्यमा नागरिकहरु सबैखाले भिन्नताका बाबजुत एकजुट भयर लागिपरे छोटो समयमा समाजमा सकारात्मक परिबर्तन गर्न सकिने बताउँदै आफुले प्राप्त गर्ने बजेटको ९० प्रतिशत रकम शिक्षा क्षेत्रमा लगाउने बताए ।
विश्व शान्ति महिला संघ नेपालकी केन्द्रिय अध्यक्ष ब्लेसी गाडन ढकालले अत्याबस्यक स्थानमा बिद्धालय भवन निर्माण भएको भन्दै बिद्यालय भवनको संरक्षणमा लाग्न स्थानीय बासिलाई आग्रह गरिन । बिश्व शान्ति महिला संघ कोरियाकी अध्यक्ष योङ्घ सुन चोईले १० कोठे बिद्यालय भबन संस्थाका सस्थापक डा. हाक जा हान मुन अर्थात मदर मूनको धनुषा बासीलाई प्रेमपुर्ण उपहार दिएको बताईन् ।
बिद्धालय ब्यबस्थापन समितिका अध्यक्ष हेम बहादुर थपाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक श्री हिरा लाल शाहले आफ्नो बिद्धलायामा पक्कि भबन निर्माण भएकोमा खुशीले सिमा नाघेको बताउदै दाताहरु प्रति आभार ब्यक्त गरे । हस्तान्तरण समारोहमा शिक्षा बिकास तथा समन्वय इकाई धनुषाका प्रमुख बरखु प्रसाद रजक राष्टिय जनता पाटिका धनुषा संयोजक संजय कुमार सिह, नेपाली काँग्रेसका नेता संजय कुमार महतो, नेपाल रिपब्लिक मिडियाको निर्देशक शोभा ज्ञवाली विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका केन्द्रिय अध्यक्ष सन्तोष कुमार पौडेल लगायतले बिद्यालय भवनले सयौं बिद्धार्थीहरु लाभान्वित भएको बताए । बिद्धालय भवन एक करोड १२ लाखको लागतमा १ बर्षमा सम्पन्न भएको प्रोजेक्ट म्यानेजर इश्वर सिम्खडाले जानकारी दिए । हस्तान्तरण समारोहमा स्थानीय बुद्धिजिबी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, अभिभाबक, बिद्धार्थी लगायतको उपस्थिति रहेको थियो ।

Bhansar Bivag
Argakhachi Cement