१२० दिने ‘मार्सल आर्ट प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकासित मिति: ४ पुष २०७४, मंगलवार ११:२२

१२० दिने ‘मार्सल आर्ट प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपालमा नयाँ संस्कार सहितको मार्सल आर्ट तङ्ग–इल मो–दोे
काठमाण्डौं पुस ४ । नेपालमा पहिलोपल्ट १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम समापन गरिएको छ । तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा गत भाद्र ११ गतेदेखि संञ्चालन भएको प्रशिक्षण विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको राष्ट्रिय तालिम केन्द्र जोरपाटीमा संञ्चालन भएको हो ।
समापन समारोहमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुटै पहिचान बनाएको बताए । एमालेका बरिष्ठ नेता नेपालले खेलको माध्यबाट भातृत्वको बिकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहेने चर्चा गरे ।
खेल लगायत जुन सुकै क्षेत्रमा पनि जित र हार एक सिक्काका दुई पाटा भएको बताउदै हारबाट नआतिन र जित बाट नमातिन सबैलाई आग्रह गरे ।
उनले अव नेपाल आर्थिक क्रान्तीको बाटोमा अगाडि बढेको उल्लेख गदै बहुजातिय बहुभाषिय बहु सास्कृतिको रहेको मुलकमा अव फराकिलो दृष्टीकोणबाट सोच्नु पर्नेमा जोड दिए । उनले अरुलाई सम्मान गर्ने सके मात्र आफूले सम्मान पाउने उल्ल्ोख गदै अव सानो चित्त र मानसीकता तोडेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए ।
नेता नेपालले पूबिय सम्यता, हिन्दुत्व र बुद्ध धर्म नेपालबाट शुरु भएको उल्लेख गदै अव समयको सहि सदुपयोग गरेर अगाडि बढ्नु पर्ने बेला आएको बताउँदै प्रशिक्षणमा सहभागि खेलाडिहरुलाई आफुले सिकेको ज्ञान र सिप अरुलाई बाँडन आग्रह गरे ।
समारोहमा युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले १२० दिने तालिमको उद्घाटन र समापनमा आउन पाएकोमा खुशी ब्यक्त गदै खेलाडिले सिकेको सिप राष्टको सम्पति रहेको बताए किनकी आजका युवा नै भोलीका देशका भबिश्य हुन् ।
पूर्वमन्त्री एकनाथ ढकालले खेलको माध्यमबाट युवावर्गमा नैतिक शिक्षा दिनको लागि पनि तङ्ग–इल मो–दो सफल हुँदै गएको बताए । यो खेलको माध्यबाट शान्ति स्थापनामा सहयोग पुग्ने बिश्वास ब्यक्त गद खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउनु नैतिकवान बनाउनमा यो प्रशिक्षणले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले प्रखिेलकुद जीवनको अनुशासन, स्वास्थ्य र राष्ट्रको गौरवकोे लागि महत्वपुर्ण रहेको बारे प्रकाश पादै खेलाडीहरू देशका गहना र शक्ति रहेको बताए
समापनमा विश्व तङ्ग–इल मो–दो संघका अध्यक्ष ग्रान्ड मास्टर डा. जुन हो सुक , युपीएफ एशिया प्यासेपिक का अध्यक्ष डा. चङ्ग सिक योङ्ग विश्व तङ्ग–इल मो–दो संघका महासचिव एवम् तङ्ग–इल मो–दो संघ, अन्तराष्टिय उपाध्यक्ष मास्टर काकामित्सु होसिको, एशिया तङ्ग–इल मो–दो संघका अध्यक्ष मास्टर भेनुस अगस्टिन लगायतले खेलको माध्यबाट समाजमा सद्भाव कार्यम राख्न मद्धत पुग्ने बताएका थिए ।
तालिममा सहभागि खेलाडीले मार्सल आर्टका अलवा अग्रेजी तथा कोरियन भाषा प्रशिक्षण, सरसफाई, सामाजिक उतरदायित्व , ब्यत्तित्व बिकास, बाढीपिडीतलाई राहत संकलन लगायत सामाजिक कार्यमासमेत सहभागिता जनाएको राष्ट्रिय तालिम केन्द्रका निर्देशक रुपसिंह भण्डारी बताए ।
प्रशिक्षणमा पूर्व पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म ७५ जना युवा युवतीहरुको सहभागिता रहेको थियो ।
समापन अवसरमा तङ्ग इल मोदो का खेलाडिहरुले खेल कौशल्य प्रस्तुत गर्नुका साथै बरिष्ठ गायक आनन्द कार्कीले साँङगेतिक प्रस्ुतुति प्रस्तुत गरेका थिए । तङ्ग इल मोदो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलको अध्यक्षता भएको कार्यक्रमको संञ्चालन काशी नाथ खनालले गरेका थिए । सन् २००५ मा नेपालमा भित्रिएको यो खेल अहिले नेपालका अधिकांश जिल्लामा खेलिन्छ ।

Bhansar Bivag
Argakhachi Cement