काठमाडौँ, १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता सन् २०१९ को नोभेम्बर ९ देखि २३ सम्म नेपालमा आयोजना हुने भएको छ।
साउथ एसियन काउन्सिलको आज बसेको बैठकले एशियाली खेलकुद प्रतियोगिता (साग)को मिति निर्धारण गरेको हो। १२ औँ साग खेलकुद प्रतियोगिता गतवर्षभारतको गुवाहाटीमा सम्पन्न भएको थियो। १२ औँ सागमा नेपालले ३ स्वर्णसहित ५९ वटा पदक हात पारेको थियो।