काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले १५ दिनभित्र शिक्षा नियमावली जारी हुने बताएका छन् । कानुन मन्त्रालयबाट एकहप्ताभित्रै स्वीकृती आउने सुचना आएको भन्दै त्यहाँबाट आउनसाथ मन्त्रीपरिषद् लगेर नियमावली जारी गरिने उनले स्पष्ट पारेका हुन् । अर्थ मन्त्रालयले स्वीकृती नदिएका विषयहरु पनि समावेश गरेर नियमावली कानुन मन्त्रालयमा पठाइएको खुलासा गर्दै ऐनले गरेका सवै व्यवस्थाहरु नियमाववलीले समेट्ने उनको भनाई थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय सचिवालय बैठक तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले लामो समय पछि ऐन आएकाले यसले धेरै विषय समेट्न परेको जिकिर गरे । यता, संगठनको विधान अधिवेशनले संगठनका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । अधिवेशनले संगठनका महासचिव शंकर अधिकारीलाई वरिष्ठ उपाध्यक्ष, अर्थ उपमहासचिव ऋषिराम चाँपागाईलाई महासचिव, निम बहादुर केसीलाई अर्थउपमहासचिव र झम्क चौलागाईलाई अर्थ सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै, संगठनक सचिव पुष्प न्यौपानेलाई उपमहासचिव, उपमहासचिव बसन्त अधिकारीलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । वरिष्ठ उपाध्यक्ष हरिभक्त नेपाली, उपाध्यक्षहरु घ्याम्सो लामा, सानु लोहनी, स्थीर प्रसाद खनाललाई सल्लाहकार समितिमा लैजाने र नेपालीलाई सल्लाहकार समितिको सहसंयोजकको जिम्मेवारी दिने निर्णय गरिएको संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सचिव जयचन्द्र अधिकारी र कार्यालय सदस्य मथुरा ढकाललाई संगठनबाट स–सम्मान बिदा गर्ने निर्णय भएको छ । त्यस्तै, संगठनको सचिवालय बैठक तथा विधान अधिवेशनले कार्यालय सदस्यहरु तारानाथ खतिवडा, गंगालाल प्रधान, देवीदत्त पौडेल, धुर्व भट्ट, सोमप्रसाद भट्टराई, मदन शर्मा, कुल प्रसाद खतिवडा, दलबहादुर कार्की र तिलक राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले जानकारी दिए । संगठनको विधान अधिवेशनले अस्थायी शिक्षक र विद्यालय कर्मचारीको माग पुरा हुने गरी नियमावली संशोधन गर्न, शिक्षक अस्पतालको व्यवस्था गर्न, समयमा पाठ्यपुस्तक द्यिार्थीको हातमा पु¥याउन सरकारसँग माग गरेको संगठनका महासचिव ऋषिराम चाँपागाईले जानकारी दिए । अधिवेशनमा संगठनका सचिवालय सदस्य स्तरीय दुईसय बढी शिक्षकहरुको सहभागिता रहेको थियो ।