राजबिराज । सप्तरीको राजविराज विमानस्थलबाट असार १ गतेदेखि नियमित उडान हुनेभएको छ । यो बिमान स्थल लामो समयदेखि बन्द रहदै आएको थियो । राजविराज विमानस्थल १ असारबाट दैनिक श्रीएयरलाईन्सले उडान भर्ने छ ।
राजधानी काठमाडौंबाट राजबिराज तथा सोही रुटको लागि भाडा रु ३ हजार ५ सय तोकिने जनाईएको छ । तर यसमा थपघट भने हुन् सक्छ । पहिलो उडान असार १ गते काठमाडौंबाट १२ः३० बजे उडेर जहाज राजविराज आउने र सदरमुकाम राजबिराजबाट १ः२० बजे काठमाडौंका लागि प्रस्थान गरिने एयरलायन्सले जनाएको छ । २५ मिनेटको यात्रा रहेकोे श्रीएयर लाईन्स जहाजको टिकट काउन्टर सदरमुकाम राजविराज स्थित माछापुच्छरे बैंकको तल तथा एनसेल सेन्टरको दक्षिणतर्फ कार्यालय सञ्चालन हुन लागेको छ ।
नयाँ पूर्वाधार निर्माण भइसकेपछि बुधबार जेठ९ गते श्री एयरलायन्सले परीक्षण उडान गरेको थियो । त्यस्तै जेष्ठ १० गते पर्यटनमन्त्री रबिन्द्र अधिकारी अधिकारी, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायण देवले संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।
सप्तरीवासी र छिमेकी जिल्ला सिरहा ,सुनसरी तथा उदयपुर बासिन्दाको लागि बिष्णुपुर गाउपालिका स्थित राजबिराज बिमान स्थलबाट सहजरूपमा यात्रा गर्ने सकिने छ ।