प्रकासित मिति: १९ जेष्ठ २०७४, शुक्रबार ०१:५९

साहित्यकार शान्तिप्रियको पहिलो एल्वम अधर सार्वजनिक

काठमाडौ। नेपाली समसामयिक चलचित्र पत्रकारिताभन्दा अघिवाट साहित्यमा रम्दैआएका साहित्यकार शान्तिप्रियलाई चलचित्रको पत्रकारिताले साहित्यलाई छोप्दै ल्याएको छ। चलचित्र पत्रकार संघको पूर्वअध्यक्ष समेत रहिसकेका शान्तिप्रिय यतिखेर त्यो आफूभित्रको साहित्यलाई उजागर गर्ने क्रममा रहेका छन्।

सोही क्रम तथा उपक्रमलाई जोड्ने क्रममा आफ्नो चालिस प्लसको जन्मदिन पारेर आफूव्दारा रचित गीतहरुको संग्रह रहेको पहिलो एल्वम विहीवार सार्वजनिक गरेका छन्।परिचित नाम दिएको त्यस एल्वम विमोचन समारोहमा कवि तथा साहित्यकार अनि चलचित्र पत्रकार शान्तिप्रियले आफ्ना परिचितहरुवाटै एल्वम विमोचन गराएका छन्। नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा प्रमुख अतिथि थिए भने वरिष्ठ कलाकार बसुन्धरा भुषाल, निर्देशक मोहन निरौला, साहित्यका डाक्टर नवराज लम्साल विशिष्ट अतिथिका रुपमा थिए।

विशिष्ट अतिथिवाट संयुक्त रुपमा विमोचन गरिएको अधर एल्बमका स्रष्टाहरुलाई मायाको चिनो प्रदान गर्नुका अलावा केक काटेर अधर एल्वमका गीतकार शान्तिप्रियको जन्मदिन मनाइएको थियो । अधर एल्बमभित्र ५ वटा गीतहरु समावेश रहेको छ । जसमा म त माया गर्ने मान्छे, म त नफापेको मान्छे, मलाई जस्तो, उनको मेरो दूरी चल्यो, याद तिम्रो धेरै आइरह्यो जस्ता गीत समावेश रहेको छ।

जसमा सन्तोष श्रेष्ठ, दिपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ भने प्रमोद खरेल, अन्जना गुरुङ, निखिता थापा, राज सिग्देल र युवराज चौलागाईंले स्वर दिएका छन् । कार्यक्रममा तीन गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो।

Bhansar Bivag
Argakhachi Cement