एडिबीको करिब रु १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

६ मंसिर २०७४, बुधबार ०६:३३

काठमाडौँ, ६ मंसिर  मन्त्रिपरिषद्को आजको बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोध बमोजिम शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर (करिब रु १५ अर्ब ५० करोड) रकम स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय […]

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

१ मंसिर २०७४, शुक्रबार ०९:२०

ठमाडौँ, १ मंसिर  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९२ औँ बैठकले हालै नियुक्त गरिएका प्राविधिक जनशक्तिलाई मंसिर ७ देखि १५ गतेसम्म अभिमुखीकरण तालीम दिई यो महिनाको अन्तिमसम्म प्रभावित ३१ जिल्लाका प्रत्येक वडामा खटाउने निर्णय गरेको […]

युवा समूहलाई निब्र्याजी रु बीस लाख ऋण

३० कार्तिक २०७४, बिहीबार ०६:०५

युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले चार वटा युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्याेदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास संस्था र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु पाँच÷पाँच लाखका दरले ऋण प्रदान […]

उद्योगीलाई दैनिक पन्ध्र करोड नोक्सानी

२७ कार्तिक २०७४, सोमबार १०:४०

पथरी, मोरङ, २७ कात्तिक भारतको बथनाहास्थित मीरगञ्ज पुलबाट ठूला मालबाहक सवारी साधन आवतजावत हुन नसक्दा सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगीलाई दैनिक रु १५ करोड घाटा लागेको छ । गत साउन अन्तिम साता आएको बाढीका कारण मीरगञ्ज पुलमा समस्या आएपछि भारतीय पक्षले २० टनभन्दा बढी तौल भएका मालबाहक सवारीसाधनलाई सो पुलबाट आवतजावतमा रोक लगाएको छ । […]

प्रथम व्यवसाय योजना प्रतिस्प्रर्धा –२०१८ हुदै

२६ कार्तिक २०७४, आईतवार १५:४३

नेपालको संविधान –२०७२, भाग ४, धारा ५० को उपधारा ३ अन्तर्गत सार्वजनिक, निजि र सहकारी क्षेत्रको सहभागिता तथा बिकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्धारा तिव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य छ । देशको आर्थिक विकास आजको अपरिहार्य आवश्यकता हो । तर विडम्बना देशमा उधमशिलता विकास हुने कार्यक्रमहरु नगन्य मात्रामा हुने गरेको दृष्टान्त हामी […]

‘मूर्तिहा नाका एक वर्षमा सञ्चालनमा ल्याउँछौं’

२६ कार्तिक २०७४, आईतवार १५:०६

गुलरिया, बर्दिया, २६ कात्तिक नेकपा (एमाले)का उपाध्यक्ष एवं बर्दिया क्षेत्र नंं १ का उम्मेदवार वामदेव गौतमले गुलरिया नगरपालिकाअन्तर्गत पर्ने मूर्तिहा नाका एक वर्षमा सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार अभियानको क्रममा गुलरियामा आज आयोजित छलफल कार्यक्रममा उपाध्यक्ष गौतमले वाम एकताको प्रयास २०६३ सालदेखि नै शुरु भएको […]

बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

६ कार्तिक २०७४, सोमबार १४:३४

नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावाँ २०७९ साल मंसिर ६ गते […]

तिहारमा टेलिकमले विभिन्न छुट दिने

३१ आश्विन २०७४, मंगलवार ११:२९

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ । सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यस्तै टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिनेछ । […]

काभ्रेमा सहकारीद्वारा पहिलो एटिएम सेवा

२२ आश्विन २०७४, आईतवार ०२:५४

काभ्रेपलाञ्चोकमा पहिलो पटक एउटा सहकारी संस्थाले आजदेखि एटिएम कार्ड संचालनमा ल्याएको छ । पनौती नगरपालिकाको खोपासीमा रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले संचालनमा ल्याएको एटिएम कार्डको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शुभारम्भ गर्नुभयो । सो एससिटी कार्डबाट सहकारी संस्थामा बचत भएको रकम बचतकर्ताले एससिटीको सुविधा भएको जुनसुकै एटिएमबाट पनि रकम निकाल्न […]

सूचनाका आधारमा व्यापारीमाथि अनुसन्धान भइरहेको छ ः आपूर्ति मन्त्री

२८ भाद्र २०७४, बुधबार १५:२५

काठमाडौँ, २८ भदौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले मुलुकमा राजश्व ठगी गर्ने व्यवसायीलाई केही दिनभित्र सरकारले सार्वजनिक गर्ने बताउनुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको १२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री मण्डलले ठूला व्यापारी तथा उद्योगीमाथि शतप्रतिशत सूचनाका आधारमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा कानुन छ तर कार्यान्वयन पक्ष फितलो छ । कानुन […]

Page 10 of 13« First...89101112...Last »

राजनीति

बरिष्ठ उपाध्यक्ष डाँगीलाई मातृशोक

१२ असार २०८०, मंगलवार १६:२४