उचित विकल्प रोज्न मतदातालाई अध्यक्ष ढकालको आग्रह

प्रकासित मिति: १७ जेष्ठ २०७४, बुधबार २१:११

१८ जेठ, कैलाली । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने बताएका छन् । । परिवार दलको प्रदेश नम्बर ७ द्वारा आयोजित उम्मेदवार प्रशिक्षण कार्यक्रममा बुधबार धनगढीमा यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले सचेत मतदाताले प्रतिबद्धता पुरा नगर्ने पार्टीलाई छोड्न र उचित विकल्प रोज्न सके मात्र लोकतन्त्र र विकासले सार्थकता पाउने बताए । अग्रपंथी लोकतन्त्रलाइ आत्मसात गरेको परिवार दल एक उत्कृष्ट विकल्प हुन सक्ने भन्दै ढकालले स्थानीय तहमा नमुना कामको लागि साँचोमा मतदान गर्न सबैलाई आग्रह गरे ।
परिवार दल नेपालको राजनीतिमा बैकल्पिक लोकतान्त्रिक शक्ति बन्ने लक्ष्यका साथ अगाढि बढेको उल्लेख गदैे भोट ब्यक्ति वा पार्टीलाई नभई मुद्धा हेरेर दिन पनि मतदातामा आवहान् गरे ।
अध्यक्ष ढकालले दलहरुलाई निर्वाचनमा भागलिने वाताबरण तयार गर्ने जिम्बेवारी सरकारको हो भन्दै निर्वाचन मार्फत आफ्ना मुद्धाहरु स्थापित गर्न असन्तुष्ट दलहरुलाई आग्रह गरे । अध्यक्ष ढकालले संसद्को ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन भए परिवार दल खुशी हुने भन्दै समर्थन वा बिरोध गुण र दोषको आधारमा गरिने बताए ।
ढकालले आसन्न स्थानीय तहको निर्बाचन, संविधानको कार्यान्वयन, असन्तुष्ट दलहरुका माग सम्बोधन, पुनर्निर्माण तथा नबनिर्माण र राष्ट्रियताका सवालहरुको उचित सम्बोधन गर्न सबै दलहरु एक ठाउमा उभिनु पर्नेमा जोड दिए ।
मुलुकमा बढ्दो राजनैतिक हस्तक्षेप र भागबन्डाले सुशासन, न्याय र विकास निर्माण प्रभावित भउको प्रति चिन्ता ब्यक्त गर्दै गलत कामको खबरदारी गर्न र नयाँ मोडेलको विकास हेर्न पनि मतदातासंग परिवार दलको पक्षमा मत दिनुपर्नेमा जोड दिए । भ्रष्टाचार, सामाजिक बिकृति र विसंगतिको विपक्ष तथा सत्य, शान्ति र बिकासको पक्षमा नेपाल परिवार दल सधै उभिएको छ भन्दै ढकालले बैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा आफ्नो दल अघि बढ्ने स्पष्ट पारे ।
सोहि अवसरमा अध्यक्ष ढकालले बिभिन्न पार्टी परित्याग गरि परिवार दलमा प्रबेश गर्नेहलाई पार्टीको सदस्यता दिदै पार्टी प्रबेस गराएका थिए ।
दलका प्रदेश नम्बर ७ का संयोजक नबिन बजगाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगर पालिकाका मेयरका उम्मेद्वार खडक सिंह नागरि, उपमेयरका उम्मेदबार निर्मला श्रेष्ठ, शालिकराम चौधरी, इद्रिस मोहमद लगायतले बोल्नु भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement