एलिसा पन्त बनिन् मनकामना सिङ्गीङ आइकन २०७५

प्रकासित मिति: २१ माघ २०७५, सोमबार १५:२९

झापा । तीन सय ४३ जना प्रतिस्पर्धीलाई पछि पादै एलिसा पन्त मनकामना सिङ्गीङ आइकन २०७५को उपाधी बिजेता बनेकी छन् । सिङ्गीङ आइकन २०७५ सगै एलिसाले मनकामना माध्यमिक बिद्यालयबाट १ बर्षको लागि पूर्ण छात्रबृति पनि जितेकी छन् । यसका साथै IIHS computer institute Birtamod बाट तिन महिनाको कम्प्युटर कोर्स , गुरुकुल म्युजिक एकेडेमी बिर्तामोडबाट महिनाको संङ्गीत क्लास cromatic music studio Birtamod बाट कभर गीत गाउने अवसर समेत प्राप्त गरेकी छन् । यसका अलवा पन्तले बिद्यालय तथा बिभिन्न संघ संस्थाबाट बिभिन्न आर्कषक उपहार समेत प्राप्त गरेकी छन् । मनकामना माध्यमिक स्कुल बिर्तामोड झापाले पहिलो पटक विद्यार्थीहरुमा भएको प्रतिभालाई अगाडि ल्याउने उद्देश्यले गत असार बाट कक्षा १ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई प्रतिस्पर्धामा सहभागी गराएको थियो जसमा ३४३ ले भाग लिएका थिए । जसमध्ये बाट उत्कृष्ट छान्दै गर्दै ११ औं पटकको प्रतिस्पर्धा पछी कक्षा ६ बाट एलिसा पन्त आईकन बनेकी हुन । कक्षा ९ बाट सेमि आङुहाङ्ग , फस्ट रनर अप र कक्षा ९ कै दियासा आचार्य सेकेन्ड रनर अप बनेकी छिन । प्रतियोगितमा निर्णायकको भुमिकामा बिश्व किरण राजबंशी ,लोकेन्द्र थपलिया र राम राजबंशी रहेका थिए । बिद्यालयको वार्षिकोत्सब कार्यक्रमको अवसर पारेर ग्रान्ड फिनालेको आयोजना गरिएको थियोे ।

Bhansar Bivag
Argakhachi Cement