कोरा भित्रै परिवार दलको केन्द्रिय समितिको बैठक

प्रकासित मिति: २४ आश्विन २०७४, मंगलवार १३:३८

स्थिरता र संमृद्धिको लागि एमालेसंग गठबन्धन ः अध्यक्ष ढकाल
२४ असोज, चितवन । नेपाल परिवार दलको केन्द्रिय कार्य समिति बैठक चितवनमा सम्पन्न भएको छ । दलका अध्यक्ष एकनाथ ढकालले ४ दिन अघि दिबंगत हुनुभएकि आमाको काज क्रिया बसिराखेको बेला केन्द्रिय समितिको बैठकको अध्यक्षता गरेका हुन् । ढकाल की ८२ बषीया आमा टंक कुमारी ढकालको असोज २० गते निधन भएको थियो ।
कालिका नगरपालिका, वडा नम्बर ६, खोलेसिमलमा आयोजित बैठकमा सहभागी हुन विभिन्न जिल्ला वाट केन्द्रिय सदस्यहरु चितवन आएका थिए । बैठकले नेकपा एमाले र परिवार दल बीच भएको यहि असोज २० गते भएको ३ बुदे सहमतिको अनुमोदन गरेको छ । त्यसैगरी परिवार दलको तर्फवाट उम्मेदवारको शिफारिस गर्न केन्द्रिय कार्य सम्पादन समितिलाई अधिकार दिएको छ ।
बैठकमा पूर्वमन्त्रि समेत रहेका ढकालले एमाले संगको चुनाबी गठबन्धन मुलुकमा स्थिरता र बिकासको लागि भएको बैठकमा जानकारी दिदै राष्ट्रियता, विकास, संविधानको कार्यन्वयन, शान्ति र लोकतन्त्रको खातिर एमालेसंग सहकार्य गरेको जानकारी दिए ।
उनले पगठबन्धनलाई अत्याधिक बहुमतका साथ बिजयी गराउन पार्टीका केन्द्र देखि स्थानीय तहसम्मका नेता तथा कार्यक्रतालाई आग्रह गरे । अध्यक्ष ढकालले तोकियको मितिमै निर्बाचन हुनु पर्नेमा जोड दिदै सहमतिको आधारमा प्राप्त हुने निर्बाचन क्षेत्रमा उम्मेदवार हुन आफुँ तयार रहेको समेत जानकारी बैठकमा गराए ।
महामन्त्री बिनोद डाँगीले अध्यक्ष ढकालको आमाको दुखद निधन भएकोमा प्रस्तुत गर्नु भएको शोक प्रस्ताब बैठकले पारित गरेको छ । बैठकमा महामन्त्री बिनोद डाँगी, दलकी कोषाध्यक्ष एवम् सांसद मिलन राजबंशी, केन्द्रिय सदस्यहरु प्रकाश बाबु थापा, गणेश कुमार श्रेष्ठ, लक्ष्मी प्रसाद भण्डारी, पिया रत्न महर्जन, अधिवक्ता दयाँराम कंडेल, नबिन जैशी, रामचद्र चौधरी, शिव कृष्ण श्रेष्ठ,रुपसिंह भण्डारी, राघबेन्द्र श्रीबास्ताब, राजेश बिष्ट, अब्दुल केयुम शाह फकिर, मनोज लाल कर्ण, सन्तोष दास, रीता कमारी महत्तो लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।बैठकमा बोल्ने अधिकाँस केन्द्रिय सदस्यले प्रतिनिधि सभा तथा सबै प्रदेशमा परिवार दलको प्रत्यक्ष र समानुपातिक उम्मेदवार हुनु पर्नेमा जोड दिएको दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement