जनताको विश्वास जित्ने कुशल प्रहरी अधिकृत मल्ल

प्रकासित मिति: १ फाल्गुन २०७५, बुधबार ०५:४७

काठमाण्डौं । देशमा माओवादी द्धन्द्ध चलिरहेको बेला २०५५ साल असोज १ गते प्रहरी सहायक निरीक्षक (असई)बाट सेवा प्रवेश गरेका दान बहादुर मल्ल हालसालै नेपाल प्रहरीको प्रहरी उपरिक्षक (एसपी)मा बढुवा भएका छन् । मल्लले दुर्गम जिल्लाको कमाण्डदेखि प्रधानमन्त्रीको सुरक्षा कमाण्ड सफलतापूर्वक सम्पन्न गरेका छन् मल्लले ।
मुख्य कुरा भनेको जनताको विश्वास जित्नु हो र जनताको विश्वास जित्नका लागि आफ्नो टिम र युनिटलाई दुरुस्त बनाउन सके जनताको मन जित्न सकिने बुझाई मल्लको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनको सुरक्षा ईन्चार्जको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका मल्ल संगठनले खटाएको ठाउँमा गएर इमान्दारितापूर्वक काम गर्छन् ।
नेपाल प्रहरीमा अबल्ल प्रहरी अधिकृतको रुपमा आफ्नो परिर्चय बनाउन सफल मल्लले असान्त बनिरहेको दरबारमार्गलाई उनले आफनै कार्यकालमा शान्त बनाए । दरबारमार्ग क्षेत्र सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिन्छ । विदेशी पर्यटक तथा भीआईपीहरु आवातजावत गरिरहने क्षेत्र भएकाले यो क्षेत्रको शान्ति, सुरक्षा चुनौतीपूर्ण पनि छ । यति मात्र होइन गुण्डागर्दी र अवैध कारोबारका कारण बद्नाम पनि भइरहन्छ दरबारमार्ग ।
गत बर्ष दरबारमार्गकै होटल ल्याण्डमार्कमा एक युवतीमाथि उनका प्रेमीसहितले सामूहिक बलात्कार गरे । घटनालाई गुपचुप राख्न प्रहरीकै भूमिका रहेको भन्दै त्यहाँ कार्यरत प्रहरी अधिकृतलाई कारबाही गरिएको थियो ।
आफ्नो क्षमता र दक्षतामा विश्वास गर्ने हक्की स्वभावका मल्लका लागि दरबारमार्गको तत्कालीन वातावरण अनुकुल थिएन । एक वर्ष दरबारमार्ग प्रहरीको कमाण्ड सम्हालेका मल्लले प्रतिकुल अवस्थालाई अनुकुल मात्र बनाएनन् अशान्त दरबारमार्गलाई शान्त बनाउने पनि काम गरेपछि उनि प्रहरी बृतमा समेत चर्चा कमाउन सफल भएका छन् । यो समस्या समाधान गर्न पहिला मल्लले प्रहरीमा भएको आन्तरिक समस्यालाई समाधान गर्ने बाटो रोजे । उनले प्रहरी भित्रै अरुलाई पनि शोषण गर्ने, बाहिर व्यवसायीलाई पनि शोषण गर्ने पात्र र प्रवृत्ति थिए त्यसलाई हटाउने काम गरे । व्यवसायीसँग समन्वय गरेर अघि बढेका मल्लले प्रहरीको राम्रो काममा सबैले साथ दिएकोले नै दरबारमार्ग शान्त बन्न सफल भएको बताए ।
पुलिसको व्यवहार र आचरण राम्रो भयो भने सबैको सहयोग हुन्छ भन्ने बिश्वास मल्लमा थियो त्यसैले उनले सोही अनुसारको काम गरे । व्यसायीसँग प्रहरीले ‘लाइन मिलाउने’ त्यसपछि व्यवसायीले जे गरे पनि हुने प्रवृत्तिलाई हामीले पूर्ण बन्देज र्गयौँ । सबै व्यवसायीलाई कानुनसम्मत तवरबाट व्यवसाय सञ्चालनका प्रहरीले सहयोग गरेको मल्लले बताए । मल्लले अआफ्नो कार्यकालमा ७÷८ जना आफूलाई डन भन्ने गुण्डाहरुलाई समेत कारवाही गरे । उनले दरबारमार्ग बृतको कमाण्ड सम्हालेपछि प्रहरीले अपराध, अनुसन्धान, शान्ति, सुव्यवस्थाका ५१ वटा उल्लेख्य काम गरेको छ । लागूऔष कारोवारी, मानवबेचविखनमा संलग्न, अवैध नोट कारोवारीसम्मलाई कारवाही गरेपछि उनी संगठनमै चर्चा कमाउन सफल रहे ।

Bhansar Bivag
Argakhachi Cement