नेपाल विद्याभूषणबाट ३१६ जनालाई सम्मान गरिने

प्रकासित मिति: १२ भाद्र २०७३, आईतवार १५:०३

काठमाडौँ,  राष्ट्रिय शिक्षा दिवसका अवसरमा उच्च शिक्षामा उत्कृष्ट विभिन्न व्यक्तित्वलाई सम्मान गरिने भएको छ ।

यही भदौ २३ गते शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले नेपाल विद्याभूषणबाट २८६ र छात्रा विद्यापदकबाट ३० जनालाई सम्मान गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालका अनुसार उक्त सम्मान प्राप्त गर्नेको नाम आज सार्वजनिक गरिएको र उक्त नामका लागि दाबी, विरोध, उजुरी नआएमा अन्तिम छनोटमा पर्नेछन् ।

सम्मानित हुनेमा ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदकका लागि १९०, ‘ख’ श्रेणीको पदकका लागि ८१ र ‘ग’ श्रेणीको पदकका लागि १५ जना रहनेछन् । यसैगरी नेपाल छात्रा विद्या पदकबाट स्नातकतर्फ २६ र नेपाल छात्रा विद्यापदक प्रमाणपत्र तह वा सो सरहमा चार जना सम्मानित हुनेछन् ।

Bhansar Bivag
Argakhachi Cement