परिवार दलको केन्द्रीय समितिको बैठक बस्दै

प्रकासित मिति: २१ जेष्ठ २०७४, आईतवार १४:४१

काठमाडौं । समसामयिक राजनीतिक बिषय तथा आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न नेपाल परिवार दलको केन्द्रीय कार्य सम्पादन समिति तथा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुका बैठक (आज)सोमबार बस्दैछ ।
दलको केन्द्रीय कार्यलय पुरानो बानेश्वरमा दिनको सोमबार १ बजे बस्ने बैठकले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्ने या नगर्ने भन्ने बारेमा निर्णय गर्ने दलका कार्यालय सचिव गोबिन्द मिश्रले जानकारी दिए । मिश्रका अनुसार दोस्रो चरणका स्थानिय तहको निर्वाचनका सन्दर्भमा दलको रणनीतिका बारेमा समेत छलफल गरिने जानकारी दिए ।
युनिर्भसल टाईम्स्सँग कुरा गदै दलका अध्यक्ष एकनाथ ढकालले संविधानको कार्यान्वयन बेलामा सबै दल एकजुट हुनुपर्नेबेलामा मुख्य दलहरुबीच दुरी बढ्नुले सकारात्मक सन्देश नदिने भन्दै सबै दलले आ–आफनो अडान छोडेर सहमतिमा आउनुपर्ने बताए । ढकालले आसन्न स्थानीय तहको निर्बाचन, संविधानको कार्यन्वयन, असन्तुष्ट दलहरुका माग सम्बोधन, पुनर्निर्माण तथा नबनिर्माण र राष्ट्रियताका सवालहरुको उचित सम्बोधन गर्न सबै दलहरु एक ठाउमा उभिनु पर्ने मा जोड दिएका छन् ।

Bhansar Bivag
Argakhachi Cement