परिवार दलद्धारा दःुख व्यक्त

प्रकासित मिति: ३१ श्रावण २०७३, सोमबार १६:१३

काठमाडौँ, ३१ साउन । नेपाल परिवार दलले काठमाडौँबाट काभ्रेको बिर्ता देउरालीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु तथा घाइते भएको दुःखद् खबरले पार्टीलाई मर्माहत बनाएको जनाएको छ । दलका अध्यक्ष एकनाथ ढकालद्धारा जारी गरिएको विज्ञप्तिमा पार्टीले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरी घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार र राहतमा खटिन निर्देशन गरेको छ । घाइतेको प्रभावकारी उद्धार राहत र औषधोपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
साथै दलले बैतडीको सिद्धेश्वरमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका तथा थुप्रै घाइते भएकोमा दुःख व्यक्त गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement