विराटनगर महानगरः मेयरमा १४ जनाको मनोनयन

प्रकासित मिति: ४ असार २०७४, आईतवार १३:०५

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी दर्ता मोरङमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। बिहान ८ बजेदेखि सुरु भएको मनोनयन अपराह्न साढे ४ बजे सकिएको हो।

एक महानगरपालिका, आठ नगरपालिका तथा आठ गाउँपालिका गरी १७ स्थानीय तह रहेको मोरङका सबै तहमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारी दर्ता सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार सर्वाधिक चर्चामा रहेको विराटनगर महानगरमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार विराटनगर महानगरमा कूल १३ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन । त्यसमा ५ जनाले दलबाट र बाँकी ८ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन ।

त्यसैगरी, उपमेयर पदका लागि यहाँ १० जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसमा ५ जना दलबाट र ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

मेयर पदका लागि कांग्रेसबाट भीम पराजुलीले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट उपमेयरमा इन्दिरा कार्कीको उम्मेदवारी दर्ता भएको छ। नेकपा एमाले र लोकतान्त्रिक फोरम (गठबन्धन) बाट साझा उम्मेदवारका रूपमा मेयरमा विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा फोरमका तर्फबाट सूची चौधरीको उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै, नेकपा माओवादी र संघीय समाजवादी फोरम (गठबन्धन) का तर्फबाट मेयर पदका लागि उमेश यादवले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा माओवादीबाट नमिता न्यौपानेको उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै, राप्रपाबाट मेयरमा प्रल्हाद शाह र चुरे भावर पार्टीबाट घनश्याम टठडनले पनि उम्मेदवारी दर्ता गराएका छन्।

Bhansar Bivag
Argakhachi Cement